बसन्तपुरमा नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम

सुचनापत्र | बैशाख ०१, २०७४ | १२५ पटक हेरिएको

देउखुरी ,नव वर्ष २०७४ सालको अवसरमा देउखुरीको राप्ती गाउँपालिका ३ बसन्तपुरमा विहिवारदेखी वृहत साँस्कृतिक कार्यक्रम तथा व्यापारीक मेलाको शुरु भ्उको छ । बसन्तपुर युवा समुह र मेला सञ्चालन समितिको संयुक्त आयोजनामा साँस्कृतिक कार्यक्रम तथा मेलाको उद्घाटन गरिएको हो । मेला सञ्चालन समितिका अध्यक्ष फुलराम चौधरीको अध्यक्षता एवम् विपी आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शनिराम चौधरीको प्रमुख आतिथ्यतामा भएको साँस्कृतिक कार्यक्रम तथा मेला उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले नयाँ वर्ष २०७३ मा जे जस्तो भए पनि २०७४ सालले देशमा सुख शान्तिको कामना गर्दै आसन्न स्थानीय तहको निर्वाचन भइरहित वातावरणमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका थिए । सो अवसरमा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी, राजमोका हनुमान चौधरी, नयाँ शक्ति पार्टी नेपालका सन्तोषकुमार गुप्ता, नवज्योती आधारभुत विद्यालयका अध्यक्ष दलबहादुर घर्ती, सर्वहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दयाराम चौधरी, पत्रकार विदुर एम.सी, देउना वेबरी साँस्कृतिक समाजका अध्यक्ष हरिनारायण चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । शनिवार सम्म सञ्चालन हुने मेलामा कुल ४२ वटा स्टल राखिएको छ । मेलाबाट संकलित रकम सामाजिक क्षेत्रमा खर्च गर्ने समितिका अध्यक्ष फुलराम चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस