घोराहीमा आधुनिक सिनेमा हल निमार्ण हुदै

गिरिराज नेपाली | बैशाख ०१, २०७४ | २१७ पटक हेरिएको

घोराही ।
दङगाली वासीकाहरुको सेवा सुविधाका लागि घोराही न्युरोड स्थित मनाटावरमा आधुनिक सुविधा सम्पन्न मनकोशी सिनेप्लेक्स संचालन हुने भएको छ । दाङका प्रतिष्ठीत व्यापारीहरु ओम जैशी , सुनिल राजभण्डारी र ललित श्रेष्ठले संयुक्त रुपमा उक्त सिनेप्लेक्स संञ्चालन गर्ने भएका छन । नव वर्ष ०७४ सालको सुभार सुविधा सम्पन्न फिल्म हल मनकोशी सिनेप्लेक्स शुक्रवार घोराहीमा शिलन्यास गरिएको छ । करिव २ करोड ५० लाखको लागतमा निर्माण सुरु हुन लागिएको सिनेप्लेक्सको आउदै माघ आफ्नो सेवा सुरु गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । अत्याधुनिक सुविधा सहित एसी , डल्वी म्युजिक सिस्टम , क्रिष्टल किलियर पिक्चर , आरामदायी फोल्डिङ र चमेना गृह सहित सिनेमा हल संञ्चालन गर्न लागिएको हो । वढ्दो आधुनिक प्रविधिको विकास संगै मनोरञ्चनमा क्षेत्रको लाई सुविधा सम्पन्न र पुर्ण पारिवारीक वातावरण सहित संञ्चालन गर्ने लक्ष्यका साथ दाङमा पहिलो आधुनिक सुवधिा सम्पन्न सिनेप्लेक्स हाउस संञ्चालन गर्न लागिएको संचानलक ओम जैशीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । साथै जैशीले नेपालका पहिलो पटक भित्र्दै गरेको फोर के प्रविधि समेत जडान गरी सुविधा सम्पन्न वनाउने लक्ष्य लिएको जानकारी दिए । पछिल्लो सयम नेपालमा पनि हलीउड र वलिउड स्तरिय फिल्महरु निर्माण भईरहेकाले ति फिल्महरु आधुनिक सुविधा सम्पन्न सिनेप्लेक्सको अभाव व्याहोरी रहेको र दर्शकहरुले पनि प्रविधिको विकास संगै सुविधावाट विमुख भईरहेको सवै समस्या लाई मध्येनजर गर्दै यो सेवा संञ्चालन गर्न लागिएको वताए । करिव १ सय ६० सिट क्षमता निर्माण हुन लागिएको उक्त सिनेप्लेक्स घोराही न्युरोडल स्थित मनाटावरमा टप फ्लोरमा संञ्चालन हुने छ । भने प्रति व्यक्ति २ सय ५० रुपैया टिकट मुल्य कामय गरिने समेत जानकारी दिए । संचालक जोशीको अध्यक्षता एंव नेपाल पत्रकार महासंघको दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको थियो । भने कार्यक्रमका प्रमुख अतिथि प्रियासनले दङगालीहरु सुविधा सम्पन्न सिनेमा हल अभाव व्याहोरी रहेको गुनासो गर्दै सिनेप्लेक्सको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार आरके शितलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस