दाङको क्रिकेट टोली काठमाण्डौ प्रस्थान ।

सुचनापत्र | चैत २९, २०७३ | ८१ पटक हेरिएको

तुलसीपुर,नेक्सस् कप अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७३ मा भाग लिन दाङको खेलाडी टोली आज मंगलबार काठमाण्डौ प्रस्थान गरेको छ । खेलाडी र अफिसीयल गरी २१ सदस्यीय टोलीलाई तुलसीपुर क्रिकेट एकाडेमीले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो । नेक्सस एकाडेमी काठमाण्डौको आयोजनामा संचालित प्रतियोगितामा तुलसीपुर क्रिकेट एकाडेमीले निराजन पुन मगरको कप्तानीमा जिल्लाको नेतृत्व गर्दै आफ्नो पहिलो खेल चैत ३१ गते बारा जिल्लाको कलैया संग खेल्नेछ । त्यस्तै एकाडेमीले लिगमा कालीकोट, सान् रेड, हिमालयन क्रिकेट एकाडेमी काठमाण्डौ, डव्लु सिए बुटबल र विसिए काठमाण्डौ संग कडा प्रतिस्पर्धा गर्ने एकाडेमीका अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी दिए । प्रतियोगीतामा देशभरका २८ टिमको सहभागिता रहेको छ । कमल डाँगी टिम प्रशिक्षक रहेको टोलीमा टिम क्याप्टेन निराजन पुनमगर, निश्चल भण्डारी, रुपेन्द्र चौधरी, सरोज भुषाल, भरत रावत, अनन्त पौडेल, सन्देश पाण्डे, अनिल खरेल, संगित पन्त, सन्दिप डाँगी, विकास नेपाली, अयूष हमाल, प्रशान्त लामिछाने, बिनोद नेपाली, आशिष भण्डारी, प्रज्वल डिसी रहेका छन । यसैविच राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिताका लागि एकाडेमीको टिमलाई महत्वपुर्ण सहयोग पु¥याउने विभिन्न संघ÷संस्था, खेलप्रेमी माहनुभावहरुमा तुलसीपुर क्रिकेट एकाडेमीले हार्दिक आभार एव धन्यवाद ज्ञापन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस