ठूलो राशीको क्रिकेट प्रतियोगिता

| चैत २०, २०७३ | २२१ पटक हेरिएको

दाङ ।
दाङको घोराहीमा रुस्लान जेसिज कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । अञ्चलकै ठूलो राशीको प्रतियोगिता त्रिभुवननगर जेसिजले आयोजना गरेको छ । भने दाङ क्रिकेट संघको समन्वय रहेका छ ।
प्रतियोगिताको उदघाटन सांसद अनिता देबकोटा र घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले गरेका हुन । ८ दिन सम्म चल्ने प्रतियोगितामा दाङ, सल्यान, रुकुम, रोल्पा र प्युठानका १२ वटा क्रिकेट क्लवहरुको सहभागिता रहेको जेसिजका अध्यक्ष दिपक शर्मा ले जानकराी दिए ।
कार्यक्रममा बोल्दै सांसद देबकोटाले खेल क्षेत्रको अनुशासन नेपालको राजनितिमा पनि आबस्यक भएको बताईन । अनुशासन र जिम्मेवारी बोध नेताहरुमा नहुदा जनताहरु निरास हुनुपर्ने अबस्था आउने गरेको उनको भनाई थियो ।
युवाहरुको खेल प्रतिको आकर्षणलाई टिकाई राख्न र खेल क्षेत्रको प्रबद्र्धनका लागि आफुले सक्दो सहयोग गर्ने पनि उले वताइन ।
कार्यक्रममा दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँले खेल क्षेत्रको बिकास हुन नसकेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस