एसीसी इमर्जिङ नेशन्स कप क्रिकेटमा नेपालले हङकङलाई ७ विकेटले हरायो ।

| चैत १७, २०७३ | २८९ पटक हेरिएको

काठमाडौं, चैत्र १७
बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ७ विकेटले हराएको छ । हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४४.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरेको थियोे । नेपालका लागि शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै ५ ओभर ४ बल अगावै खेल जिताए । शरदले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ५५ रन बनाएका थिए । त्यस्तै दिपेन्द्रले पनि ८२ बलमा ५ चौका र १ छक्का प्रहार गरी बलमा ६० रन बनाएका थिए । यसअघि ज्ञानेन्द्र मल्लले नेपालको सुरुवात उत्कृष्ट गरेका थिए । पहिलो विकेटका लागि ज्ञानेन्द्रले आसिफ हेखसँग मिलेर ३७ रनको साझेदारी गरका थिए । ११ औं ओभरमा आसिफ ८ रनको ब्यक्तिगत स्कोरमा आउट भएपछि आएका दिलिपनाथले कप्तानसँग मिलेर अर्को ४४ रनको साझेदारी गरेका थिए । दिलिप २०औं ओभरमा व्यक्तिगत १२ रनमा आउट हुँदा नेपालले ८१ रन जोडेको थियो । २६औं ओभरमा कप्तान ज्ञानेन्द्र मल्ल पनि ७० रनको व्यक्तिगत स्कोरमा आउट भए । उनले ८२ बल खेल्दै ११ चौका प्रहार गरे ।यसअघि शेख कमल अन्तर्रा्ष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा दुवै विकेट गुमाउँदै २१४ रन जोडेको थियो । उसका लागि ओपनरहरु अन्सुमन राथले ५१ तथा क्यामरुन मकल्सेनले ४३ रन जोडेपनि अन्यको प्रदर्शन उल्लेखनीय रहेन । बलिङतर्फ नेपालका लागि अभिनाश कर्णले ३ विकेट लिँदा ज्ञानेन्द्र मल्ल, भुवन कार्की र शुशान भारीले २र२ तथा सन्दिप लामिछानेले १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस