तुलसीपुर नगर जेसीजले म्युजिकल कन्र्सट गर्ने ।।

| चैत १७, २०७३ | ६६८ पटक हेरिएको

तुलसीपुर १७ चैत्र ।  नयाँ वर्षको अवसर पारि तुलसीपुर नगर जेसीजले म्युजिकल कन्र्सट गर्ने भएको छ । तुलसीपुर नगर जेसीजले आज रिपोटर्स क्लव नेपाल दाङ शाखामा पत्रकार सम्मेलनको आयोजना गरि नयाँ वर्षको अवसरमा वैशाख १ गते म्युजिकल कन्र्सट गर्न लागेको जनाएको हो । तुलसीपुर नगर जेसीजका अध्यक्ष बिमल पौडेलको अध्यक्षता तथा जेसीजका एरिया डी कोर्डिनेटर जिवराज खरेलको प्रमुख आतित्थ्यतामा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक मोहन स्वर्णकारले जेसीजको भवन निमार्णका लागी नयाँ वर्षको अवसर पारि म्युजिकल कन्र्सटको आयोजना गर्न लागेको बताए । साथै कार्यक्रममा बोल्दै स्वर्णकारले कन्र्सटमा रामजि खाँड , कालि प्रसाद बास्कोटा, सुनिल गिरी , सचिन पौडेल लगाएतका स्थानिय कलाकारहरुको प्रस्तुति रहने जानकारी दिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि खरेलले तुलसीपुर नगर जेसीजलाई दिर्घकालिन रुपमा राख्नका लागी कन्र्सटको आयोजना गर्न लागेको बताए । सो अवसरमा बोल्दै अध्यक्ष पौडेलले आफनो कार्यकालमै तुलसीपुर नगर जेसीजको भवनको शिलन्यास गर्ने बताए । सवैको सहयोगमा नयाँ वर्षको अवसर पारि मनोरञ्जन प्रदान गर्नुका साथै अर्थिक सहयोग समेत संकलन गर्न कन्र्सटको आयोजना गरिएको भन्दै सहयोग गर्न सवैमा आग्रह गरे ।

pii

साथै अध्यक्ष पौडेलले म्युजिकल कन्र्सट सम्पन्न गर्नका लागी प्रशासनबाट स्वीकृति लिने लगाएतका सम्पुर्ण काम सम्पन्न भएको भन्दै वैशाख १ गते अरनिको मैदानमा आएर जेसीजको भवन निमार्ण गर्ने अभियानमा सहयोग गरिदिन सवैमा आह्वान गरे । सो अवसरमा रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी र एस टि एन च्यानलका प्रवन्धक दुर्गा गिरिले जेसीजको म्युजिकल कन्र्सट लाई पुर्ण रुपमा सफल पार्नका लागी सहयोग गर्ने बताए । पत्रकार सम्मेलनको सहजीकरण तुलसीपुर नगर जेसीजका सहसचिव लोकमान रिजालले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस