सन् २०१८ मा रसियामा हुने विश्वकपका लागि ब्राजिल छनोट हुने पक्का ।

| चैत १६, २०७३ | १८६ पटक हेरिएको

game

चैत्र,१६

सन् २०१८ मा रसियामा हुने विश्वकपका लागि छनोटको ब्राजिल निकै नजिक पुगेको छ। नेपाली समयअनुसार बुधबार बिहान सम्पन्न खेलमा पराग्वेलाई ३(० ले पराजित गर्दै ब्राजिलले छनोट चरणको ४ खेल अगावै रसियाको टिकट लगभग पक्का गरेको हो। अंक तालिकाको शीर्ष स्थानमा रहेको ब्राजिलको यो जितसँगै ३३ अंक पुगेको छ। १० टोली सम्मिलिन दक्षिण अमेरिकी छनोटका ४ शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन्। पाँचौंले प्लेअफ खेल्नुपर्छ। बाँकी सबै खेलमा प्रतिकुल नतिजा आए पनि ब्राजिललाई शीर्ष ५ भित्र पर्नबाट कसैले रोक्न सक्ने छैन। ४ खेल बाँकी रहँदा छैटौँ स्थानको इक्वेडरसँग ब्राजिलको अंक दूरी १३ पुगेको छ। जबकि चार खेलबाट एउटा टिमले अधिकतम १२ अंक मात्र प्राप्त गर्न सक्छ। अंकतालिकामा दोस्रो र तेस्रो स्थानमा रहेका उरुग्वे र कोलम्बियाको समान २४, चौँथो स्थानको चिलीको २३ र पाँचौं स्थानको अर्जे्न्टिनाको २२ अंक छ। पराग्वेविरुद्ध जित दर्ता गर्ने क्रममा ब्राजिलका लागि नेयमार, कउटिन्हो र मार्सेलोले १(१ गोल गरे।

प्रतिक्रिया दिनुहोस